कैलालीमा सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

दार्चुला । कैलालीमा सवारी दुर्घटना भएको छ। कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते एक प्रहरी जवानको मृत्यु भएको हो। हिजो (आइतबार) साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कठायतको मृत्यु भएको हो।

मोटरसाइकल पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको छ। उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। ताउडा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?