दार्चुला । रोजगारीको सिलसिलामा भारत गउका बैतडीका एक युवकको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ७ कठमडा तल्ला गाउँका ३४ बर्षीय जयराम साउँदको करेन्ट लागेर भारतको अम्बलामा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
पानीको मोटर चलाउने बेला करेन्टर लागेर आज बिहान उनको मृत्यु भएको स्थानीय दिपेन्द्रबहादुर कुँवरले बताउनुभयो । गएको मंसिरमा रोजगारीका लागि भारत गएका साउँदको उतै मृत्यु भएपछि अहिले घरपरिवार शोकमा डुबेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया