अछाममा कुट्पिटबाट २४ बर्षिय युवकको मृत्यु

दार्चुला । अछामको मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँका २४ बर्षिय युवकको स्थानीयकाे कुटपिट बाट ज्यान गएकाे छ ।

कुटपिटबाट गम्भिर घाईते भएका कालागँउका मानसिंह भण्डारीका २४ बर्षिय छोरा संन्तोष भण्डारीको बुधवार जिल्ला अस्पताल अछाममा मुत्यु भएको हो ।

मंगलवार मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाझका युवासँग भएको विवादपछि उनीमाथि कुटपिट भएको थियो।

जिल्ला अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रेफर गरेपनी हेलिकप्टरमा लैजान नपाउदै मंगलसेनमा मुत्यु भएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज बिष्टले बताउनुभयाे। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कुटपिटका कारण मुत्यु भएकाले घटनाको अनुसन्धान जारी रहेको बताईएको छ।

कमलबजार नगरपालिकाका ६ हात्तिबाझका भुपेन्द्र शाही लगायतका ४ र ५ जना युवकको समुहले उनलाई कुटपिट गरेकाले आज बिहानै देखि खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुचना अधिकारी रमेशदत्त अबस्थीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?