दार्चुला । जुवा खालबाट डोटीका दुई वडा अध्यक्षसहित १० जना पक्राउ परेका छन् । हिजो (मंगलबार) धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा रहेको कलेल होटलबाट पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र ५ का अध्यक्ष खडक साउद परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
तासजुवा खेलिरहेको बेला प्रहरीले एक लाख ४ हजार ८१० रूपैयाँसमेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्ने अन्यमा होटल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्वीचौकी ६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का रहेका छन् ।
यस्तै गोदावरी नगरपालिका ३ का ३२ वर्षीय कुवेर खड्का, पूर्वीचौकी २ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल सिलगढी नगरपालिका ६ का अविनाश कठायतलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया