दार्चुला । क्रिकेटर ज्ञानेन्द्र मल्लले खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताउनुभयो। १८ वर्ष राष्ट्रिय टोलीमा योगदान गरेका मल्लले अहिले सन्यास लिनु उपयुक्त समय भएको बताउनुभयो।
घरेलु क्रिकेटबाट सन्यास लिए पनि मल्लले आफ्नो क्रिकेट एकेडेमीलाई समय दिने बताउनुभयो।
उनले आउँदा दिनमा क्रिकेटले अझै राम्रो गर्न सक्ने भन्दै अहिलेको राष्ट्रिय टिमले राम्रो गर्न सक्छ भन्ने लागेपछि सन्यास रोजेको बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया