बझाङको बुंगल नगरपालिकाका आइटी अफिसर र स्थानीय बिच कुटाकुट

दार्चुला । आफूविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा भिडिओ राखेको भन्दै बझाङका स्थानीय रामचन्द्र जोशीमाथि कुटपिट भएको छ।

बझाङको बुंगल नगरपालिकाको आइटी शाखा प्रमुख रमेश कार्कीले सोही नगरपालिकाका स्थानीय जोशीमाथि कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ।

जोशीले बुधबार बुंगल नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि आफूमाथि हातपात भएको बताउनुभयो।

‘अस्ति १७ गतेको कार्यालयमा एक जना कर्मचारी नभेटेको भिडिओ बनाएर फेसबकुमा राखें, १८ गते हिजो आइटी सरले एक्कासि गालीगलौज गरेर ममाथि हातपात गरेको हो, बीच बजारमै मान्छेको अगाडि चरित्र हत्या गर्नेगरी कुटपिट गरेको हो,’ उहाँले भननुभयो।

उहाले हातपात गर्ने आइटी अफिसरमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको बताउनुभयो।

हातपात गर्ने सूचना अधिकृत कार्कीले भने आफूमाथि जोशीले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाएका कारण विवाद भएको र त्यसपछि हातपात भएको बताएका छन्।

‘नक्कली शैक्षिक प्रमाणपत्र भनेर दैनिक टर्चर गर्ने, फेसबुकमा लेख्ने गरेको र यस्तो किन गर्छस् भनेर कि त मेरो शैक्षिक प्रमाणपत्र छानबिनका लागि पठाऊ, कि मेरो बेइज्जत नगरभन्दा विवाद भयो, हात हालाहाल भएको हो, घटना हुनुमा मुख्य कारण यही हो,’ कार्कीले भन्नुभयो।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बुझ्ने काम भइरहेको बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?