बैतडीमा खेलीरहेको बेला ढुंगा लागेर एक बालकको मृत्यु, एक घाइते

दार्चुला । बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ४ रक्सौनका ९ बर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर हिजो (शुक्रबार) घटनास्थलमै मृत्यु भएको हो ।

देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानमा सडक तलतिर बालबालिकाहरु खेलीरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासी ढुंगा खस्दा बालकको मृत्यु भएको हो ।

यस्तै ढुंगा लागेर सिगास गाउँपालिका ३ गजेडाका ७ बर्षीय अनिल चुनारा घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको स्थानीय बल्देव विकले बताउनुभयो । मामा घर आएका चुनारापनि बालबालिकाहरुसंगै खेल्न गएका थिए ।

सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु र एक बालक घाइते भएपछि अहिले गाउँ शोकमग्न भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?