बैतडीका एक युवकको भारतको बेंगलोरमा हत्या

दार्चुला । बैतडीका एक युवकको भारतमा हत्या भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर २ खालिकाबगड लिस्किटा घर भएका जनक बहादुर चन्दका छोरा २७ वर्षिय तिलक बहादुर चन्दको भारतको बेंगलोरमा हत्या गरिएको अवस्थाा शव फेला परेको हो ।

गत हप्ता उनकै बस्ने कोठामा हत्या गरिएको अवस्थामा चन्दको शव फेला परेको हो । उनको भारतीय नागरिकले चक्खु प्रहार गरि हत्या गरेका हुन ।

७ वर्ष देखि कोठामा संगै बस्दै आएका भारतको कर्नाटकका ४५ वर्षिय शिद्धराजुले हत्या स्वीकार समेत गरिसकेका बताइएको छ । हत्याको कारण खुलेको छैन । भारतीय प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दैछ ।

तिलकको मृत्युको खबर आफुुहरुलाई इन्टरपोलबाट प्राप्त भएको आफन्त धीर बहादुर चन्दले जानकारी दिनुभयो । भारतीय नागरिकले हत्या स्वीकार गरेपछि शव बुझेर अन्तिम संस्कार गरिएको उहाँले बताउनुभयो ।

रोजगारिको सिलसिलामा भारत गएका तिलक ११ वर्ष देखि सम्पर्क विहिन थिए । ११ वर्ष देखि बेपत्ता रहेका तिलकको हत्या गरिएको खबर आएपछि परिवारमा रुवाबासी चलेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?