डडेल्धुराबाट लागुऔषधसहित दुई युवा पक्राउ

दार्चुला । डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ का २९ वर्षीय अशोक स्वार र अछामकै चौरपाटी गाउँपालिका–४ बस्ने ३२ वर्षीय गणेश धामी छन्।

आज बिहान करिब पौने ८ बजेतिर उनीहरूलाई डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो।

उनका अनुसार उनीहरूको साथबाट खैरो हेरोइन बरामद गरिएको छ। धनगढीबाट अछामतर्फ जाँदै गरेको सुपप्र०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको डिएसपी भट्टले बताउनुभयो।

‘‘मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?