निजी विद्यालय सञ्चालकहरुद्वारा आन्दोलनको घोषणा

दार्चुला । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विद्यालय शिक्षा विधेयक अवैधानिक भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

निजी विद्यालयका सञ्चालकले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयलाई शैक्षिक गुठीमा लैजानेबारे एकतफी निर्णय गरेकाले आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

सरकारले निजी विद्यालयका सञ्चालकलाई प्रोत्साहन हुने गरी ऐन संशोधन गर्नुपर्नेमा आवश्यक प्रावधान नै तयार नगरी हठात विधेयक दर्ता गरेको आरोप लगाएका छन् ।

शिक्षा विधेयक सबैलाई समेट्ने गरि आउनुपर्ने सञ्चालकहरुको माग छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?