कञ्चनपुरमा प्रहरीको पोशाकबिना चेकजाँच गर्ने जवानमाथि कुटपिट

दार्चुला । कञ्चनपुरको पुनर्बासमा सोमबार राति प्रहरी कर्मचारीमाथि कुटपिट भएको छ । पुनर्बास नगरपालिका वडा नम्बर ११ को टाउके बजारमा प्रहरी जवान रञ्जित साउदमाथि कुटपिट भएको हो ।

मोटरसाइकलको लाइसेन्स र ब्लुबुक चेकजाँच गर्न लागेका बेला स्थानीय युवाहरुले कुटपिट गरेका हुन् । पुनर्बास नगरपालिका–११ का वडाध्यक्ष तुुलसी अर्यालले साउदले स्थानीय युवालाई सडकमा उतारेर प्रहरीको पोशाकबिना सवारीसाधन चेकजाँच गरेर दुःख दिन थालेपछि आक्रोशित स्थानीयले कुटपिट गरेको बताउनुभयो ।

‘स्थानीयले टाउके बजारमा बर्दी बिनाको प्रहरीले सवारी साधन चेकजाँच गर्दै दुःख दिन थालेको छ भनेर खबर गरेपछि म पनि त्यहाँ पुगेको थिएँ’, अर्यालले भन्नुभयो, ‘आक्रोशित स्थानीयले प्रहरी जवान साउदमाथि कुटपिट गरेपछि उनी त्यहाँबाट भागेका हुन् ।’

प्रहरीले भने यो घटनाबारे थाहा नभएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले घटनाबारे तल्लो तहको प्रहरी युनिटबाट जिल्लामा रिपोर्टिङ नभएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?