बझाङको बुङ्गल नगरपालिकाका एक कर्मचारीको शव सेति किनारमा फेला

दार्चुला । बझाङको बुङ्गल नगरपालिकाका एक कर्मचारीको शव ६ दिनपछि फेला परेको छ। साउन १९ गते बेपत्ता भएका नगरपालिकाको कार्यालय सहयोगी धनबहादुर बोहराको शव डोटीस्थित दिपायलको सेती नदीमा बुधबार फेला परेको हो।

१८ गते घरमा नआएपछि १९ गते परिवारले खोज्दै जादा बुङ्गल नगरपालिका वडा नम्बर ३ विर्पैयाँका ४० वर्षीय बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको थियो। चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो।

शव आफन्तले बुझिसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?