दार्चुला । भारतीय राजदूतावासको सहयोगमा दार्चुलामा दुई वटा विद्यालय भवन निर्माण हुने भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ स्थित गलैनाथ मावि झरकाडा र व्याँस गाउँपालिका वडा नम्बर ६ स्थित हिमालय मावि हुतीमा विद्यालय निर्माण हुने भएको हो ।

भारत सरकारको सहयोगमा सञ्चालित साना विकास परियोजना अन्तरगत दार्चुलामा दुई वटा विद्यालय भवन निर्माणका लागि केही दिन पहिला सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सम्बन्धित स्थानीय तह र भारतीय दूतावासबीत त्रिपक्षीय सम्झौता भएको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीले जानकारी दिनुभयो ।

विद्यालय भवन निर्माणका लागि ४ करोड ३२ लाख ९५ हजारको लागत रहेको बताइएको छ । सम्झौता भइसकेपछि भवन निर्माणको आवश्यक प्रकृया अघि बढेको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिनुभयो । स्थानीय तहको तर्फबाट गलैनाथ माविको सम्झौतामा नगरप्रमुख विजयसिंह धामी र हिमालय माविको सम्झौताता गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले हस्ताक्षर गरेका छन् ।

सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । यीमध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

दार्चुलाको ठूलो भूगोल भारतसँग जोडिएको कारण पनि भारतीय दुतावासको तर्फबाट दार्चुलामा विभिन्न विद्यालय भवन, स्वास्थ्य भवन, बस, एम्बुलेन्स लगायतको क्षेत्रमा सहयोग हुँदै आएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?