दार्चुला । कैलालीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको मृत्यु भएको छ ।
धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएको बताउनुभयो ।
औषधि खाएपछि रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको डीएसपी चन्दले बताउनुभयो ।
मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् ।
घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया