दोगडाकेदारको मल्लासैना दलित वस्तीमा पुग्यो खानेपानी, गाउँपालिका अध्यक्ष कार्कीद्धारा उद्घाटन

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ मल्लासैना दलित वस्तीमा खानेपानी पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा मल्लासैना दलित वस्तीमा लिफ्ट प्रविधिबाट खानेपानी पुगेको हो ।

वडाकै ठुलाखोला भन्ने ठाउँबाट वस्तीमा खानेपानी पुगेको वडा अध्यक्ष कालु राम सार्कीले जानकारी दिनुभयो । गाउँपालिकाको बजेटबाट आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु भएको मल्लासैना दलित वस्ती लिफ्ट खानेपानी योजना सम्पन्न भएर घर घरमा धारा जडान भएपछि स्थानीय नागरिकहरु खुसि भएका छन् ।

३३ लाख ९९ हजार ३ सय ५४ रुपैँयाको लागतमा खानेपानी योजना सम्पन्न भएको मल्लासैना दलित वस्ती लिफ्ट खानेपानी योजनाका अध्यक्ष करन राम भुलले बताउनुभयो । खानेपानी योजना सम्पन्न भएपछि गाउँपालिकाका अध्यक्ष चक्र कार्कील आज उद्घाटन गरेका उहाँले बताउनुभयो ।

यो वस्तीका नागरिकहरुले दुई किलोमिटर टाढा गएर पानीको जोहो गर्ने गरेका थिए । धेरै समस्यामा भएको वस्तीमा खानेपानी पुग्दा सबै जना हर्षित भएका छन् । खानेपानीको चरम अभाव हुने वस्तीमा पानी पगुेपछि नागरिक हर्षित भएका हुन् ।

सायद १२ जना मानिसहरू र रूख को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?