घरको छतबाट लडेर डडेल्धुरामा एक महिलाको मृत्यु

दार्चुला । डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ तुफानडाँडाकी ४६ वर्षीया जानकीदेवी महरको घरको छतबाट लडेर मृत्यु भएको हो।

बुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा लडेर घाइते भएकी महरलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकोमा त्यहाँबाट धनगढी रेफर गरिएको थियो। धनगढी लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?