डोटीमा मेयरले आफ्नै स्वकीय सचिवमाथि खुकुरी हानेको आरोप

दार्चुला । डोटीको शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरका स्वकीय सचिव राजेश ठगुन्नाले आफूमाथि मेयरले खुकुरी प्रहार गरेको आरोप लगाएका छन् ।
मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

ठगुन्नाले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटोसमेत सार्वजनिक गरेका छन् । घटनाको बारेमा कुनै प्रक्रियागत जानकारी प्राप्त नभएको र सामान्य बुझ्दा स्वकीय सचिव ठगुन्नाले नगर प्रमुखको गाडीमा तोडफोड गरेको र ठगुन्नामाथि खुकुरी प्रहार नभएकोे जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?