क्यान अध्यक्षमा पुनः उठ्ने चन्दको घोषणा

दार्चुला । नेपाल क्रिकेट संघका (क्यान)का अध्यक्ष चदुरबहादुर चन्दले फेरि पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।

नेपाल क्रिकेट संघ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा उनले नेपाली क्रिकेट अप्ठ्यारो अवस्थामा रहेको बेलामा काम गरेर अहिलेको अवस्थामा ल्याइपुर्‍याएकोले एकपटक पुनः अन्तिम पटकको लागि अध्यक्ष पदमा आउन चाहेको उहाँले बताउनुभयो।

आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

क्रिकेट संघ विस्तारमा सुदूरपश्चिम मात्र नभै देशका कुना कन्दरामा आफू प्रत्यक्ष सहभागी भै काम गरेको दाबी गर्दै उनले आफूलाई फेरि अध्यक्षमा जिताउनेमा ढुक्क रहेको बताउनुभयो । सुदूरपश्चिमका कैलालीसहितका ७ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

जिल्ला क्रिकेट संघ कैलालीको अधिवेशनले विक्रम विष्टको नेतृत्वमा सर्वसम्मत कार्यसमिति पनि चयन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?