दार्चुला । डडेल्धुरामा बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ।
आलिताल गाउँपालिका वडा नम्बर ८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अन्दाजी ५५ वर्षका आलिताल ७ बस्ने रामदत्त भट्ट हिजो (शुक्रबार) बेहोस अवस्थामा फेला परेका थिए। भट्टलाई उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो।
अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




