दार्चुला । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन् । आज (शनिबार) धनगढीमा सम्पन्न संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय जोशी पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट समिति सदस्यमा रहेका थिए । जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा रमेशबहादुर बोहरा(बैतडी), सचिव लक्ष्मणदत्त भट्ट (कञ्चनपुर), कोषाध्यक्ष दिनेश सिंह (डोटी), सदस्यहरुमा हरि रेग्मी (कैलाली), शेर सिंह खत्री (बैतडी), तेज कार्की (दार्चुला), अनिल कुँवर (अछाम), माया रावत साउद (कञ्चनपुर), रमेशबहादुर चन्द (डोटी), जोगबहादुर दौल्याय (बझाङ),बाबुराजा श्रेष्ठ (कैलाली) र आशिष कुमार खत्री (कञ्चनपुर) निर्विरोध निर्वाचित भएका हुन ।
क्यानको आगामी असोजमा हुने केन्द्रीय अधिवेशनका लागि अहिले जिल्ला तह हुँदै प्रदेश अधिवेशनहरु सम्पन्न भइरहेका छन् ।
साधारणसभामा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले नेपाली क्रिकेटलाई माथि पुर्याउन भारतसँग सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले विश्व क्रिकेटको सबभन्दा धनी संस्था बीसीसीआई भएकोले उसँग छलफल अगाडि बढाएर नेपाली क्रिकेटलाई सहयोग गर्न आग्रह गर्नुपर्ने बताउनुभयो ।
मन्त्री देउवाले फाप्ला मैदान बनाउन आफ्नो तर्फबाट विभिन्न तह र तप्लासँग कुरा चलिरहेको र खेलग्राम समितिका अध्यक्ष सुवास शाहिसँग पनि नियमित सम्पर्कमा रहेकाले छिट्टै सकारात्मक परिणाम आउने बताउनुभयो ।
यस्तै नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अरु धेरै खेलहरु लोकप्रिय रहेपनि तत्कालै विश्वकपमा सहभागी भइहाल्ने अवस्था नदेखिएकोले सरकारले क्रिकेट खेलमा लगानी बढाएर देशको क्रिकेटको स्तरलाई अझ माथि पुर्याउनुपर्ने बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया