४९ औँ दीक्षान्त समारोहका लागि त्रिविद्धारा आवेदन खुला

दार्चुला । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गतसम्म उत्र्तिण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी)  तह पूरा गर्नेहरूले आवेदन दिन सक्नेछन् ।

दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

notice

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?