दार्चुला । डडेल्धुरामा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ का अन्दाजि १६ बर्षिय कृष्ण धामीको सर्पले टोकेर मृत्यु भएको हो।
उनलाई शनिवार राति करिब २ बजेको समयमा आफ्नै घरमा सुतिरहेको बेला सर्पले टोकेको थियो । अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको स्थानियले बताएका छन् ।
धामी सिद्धभगवति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




