यो वर्ष पाठ्यक्रमका सबै विषय पढाइ हुँदैन : शिक्षामन्त्री

दार्चुला । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याईए (कस्टमाइजेसन)को बताउनुभएकाे छ।

शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने उनले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिनुभयाे ।

‘हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्यढाँचा जारी गरिने छ,’ मन्त्री पोखरेलले भन्नुभयाे, ‘यही भाद्र महिनाभित्र हामी संस्लेषित पाठ्यक्रम (कस्टामाइज्ड पाठ्यक्रम) विद्यालयहरुलाई उपलब्ध गराउने छौं ।’

शैक्षिक क्यालेन्डर अनुसार १९० दिन वा १०२४ घण्टा पढाइ हुनुपर्दछ । पाठ्यक्रम घटाएपछि भने यो मापदण्ड लागू हुँदैन ।अत्यावश्यक कुरा मात्रै राखेर पाठ्यक्रम बनाउन विषयगत टोलीहरूले कार्य प्रारम्भ गरिसकेको पनि उहाँले जानकारी दिनुभयाे ।

मन्त्री पोखरेलले विद्यार्थी विद्यालयसम्म जाने अवस्था नरहेकाले शिक्षक नै विद्यार्थीसम्म पुग्नुको विकल्प नरहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘विद्यार्थीहरूले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिने मध्ये कुन कुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ ।’

घर नै शिक्षालय भन्ने मान्यतालाई सबैले आत्मसात गर्नुपर्नेमा मन्त्री पोखरेलको जोड छ । महामारीका कारण घरमै बस्न बाध्य आफ्ना बालबालिकाहरुलाई नियमित पठनपाठनमा सरिक गराउन अभिभावकले भूमिका खेल्नुमा पर्नेमा उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?