दार्चुला । कैलालीको चौकीडाँडामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। गत साउन १४ गते आइतवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका वडा नम्बर ३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
उक्त दुर्घटनामा परि गम्भीर घाईते भएका अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज ताउडाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारकै क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत डाउडा भैपरी आउने बिदामा रहेका बेला मोटरसाइकल दुर्घटनामा परेका थिए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया