दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तडस्थित भगवती माविका प्रधानाध्यापक गणेशसिंह भण्डारीको निधन भएको छ । लामो समयदेखि शिक्षण पेशामा रहेका भण्डारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै सोमबार मृत्यु भएको हो ।
बिरामी रहेका उनलाई अस्पताल लैजाने क्रममा कैलालीको गोदावरीमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । प्रधानाध्यापक भण्डारीको निधन भएको शोकमा आज दोगडाकेदार गाउँपालिकाभरीका सामुदायिक विद्यालयहरुमा शोक बिदा दिइएको छ । गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै प्रधानाध्यापक भण्डारीको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भण्डारीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई सधैं सम्मान र स्मरण गर्ने उल्लेख गरिएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया