दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नमबर २ गोगनी घर भएका ५२ बर्षीय शिक्षक जयबहादुर बोहरा गएको मंगलबार साँझदेखि बेपत्ता रहेका छन्
।
लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते मंगलबार बेलुका विद्यालयबाट घर फर्किदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । शिक्षक बोहरा बेपत्ता भएको भोलिपल्ट बुधबारदेखि खोजी कार्य जारी रहेको भएपनि अहिलेसम्म फेला पर्न नसकेको उहाँले बताउनुभयो ।
बेपत्ता शिक्षकले लगाएका चप्पल स्थानीय गन्नीगाडको छेउमा फेला परेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया