बडीमालिका जात्रा हेर्न गएका एक तीर्थयात्रीको लेक लागेर ज्यान गयो

दार्चुला । लेक लागेर बाजुरामा एक तीर्थयात्रीको ज्यान गएको छ । बडीमालिका जात्रामा गएका बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का २३ वर्षीय भरत बुढाको लेक लागेर ज्यान गएको हो ।

बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए। उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गएराति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताउनुभयो ।

त्यस्तै अक्सिजन अभावका कारण अचेत भएकी कैलालीकी ६३ वर्षीया ईश्वरी बोहराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?