कैलालीमा ५ लाख भारतीय रूपैयाँसहित एक युवक पक्राउ

दार्चुला । कैलालीमा स्रोत नखुलेको ५ लाख भारतीय रूपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा सादा पोशाकको टोलीले गोदावरी नगरपालिका वडा नम्बर १ बनखेत बस्ने ३५ वर्षीय रमेशबहादुर तिरूवालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गणेश बरालले विशेष सूचनाका आधारमा खटिएको टोलीले तिरुवाको घर खानतलासी गरेर चार लाख ७४ हजार पाँच सय भारतीय रूपैयाँ र २ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको जानकारी दिनुभयो ।

उनकाअनुसार सुर्तीको कभरमा लुकाई छिपाई राखेको १८ पोका खैरो हेरोइन र घरको कोठा भित्र स्ल्याबमा राखेको पंखाको कभर (कार्टुन)मा स्रोत नखुलेको भारतीय रूपैयाँ बरामद गरिएको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?