अटो दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु

दार्चुला । कञ्चनपुरमा अटो दुर्घटना भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–६ स्थित टाउन बजारमा सुपप्र ०१००१ ह ४०१६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाँउकी ८६ वर्षीया छलीदेवी थापाको मंगलवार राति मृत्यु भएको हो।

मंगलवार साँझ अटोको ठक्करबाट गम्भीर घाइते भएकी थापाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सोही नगरपालिका वडा नम्बर–८ ख गाउँका ३२ वर्षीय अटो चालक केशव ओझा र अटोलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?