दोगडाकेदारमा तीन मेडिकल शिल, एकजना पक्राउ

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल शिल गरिएका छन्। मंगलवार अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल शिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो ।

पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ। स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?