दार्चुला । बाजुरामा भाइरल ज्वरोको प्रकोपले दुई जनाको मृत्यु भएको छ। खप्तडछेडेदह गाउँपालिका वडा नम्बर २ माँटेसागुमा भाइरल ज्वरोका कारणले दुई जनाको ज्यान गएको हो।
भाइरल ज्वरोले गाउँ नै प्रभावित भएको र दुई जनाको मृत्यु भएको स्थानीय दिर्घबहादुर शाहीले जानकारी दिनुभयो । मृत्यु हुनेमा ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेका छन्। बुढाको चार दिन पहिला र शाहीको आइबार राति मृत्यु भएको बताइएको छ ।
भाइरल ज्वरोले पूरै गाउँनै प्रभावित रहेको स्थानीयले बताएका छन् । गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया