इटालीका पूर्वराष्ट्रपति जर्जियोको ९८ वर्षको उमेरमा निधन

दार्चुला । इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन भएको छ ।

जर्जियो इटालीमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिमा पर्नुहुन्छ । उहाँ सन् २००६ मा राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको थियो । त्यस्तै सन् २०१३ मा ७ वर्षका लागि दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । उहाँले सन् २०१५ मा स्वास्थ्य र उमेरका कारण राजिनामा दिनुभएको थियो ।

उहाँको स्थानमा वर्तमान राष्ट्रपति सर्जियो माछारेल्ला नियुक्त हुनुभएको थियो । उहाँको निधनमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीदेखि अन्य राष्ट्रप्रमुखहरुले दुःख व्यक्त गरेका छन् ।एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?