दार्चुला । बझाङमा २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो । शारिरीक रुपमा अशक्त युवतीलाई बालकले जर्बजस्ती करणी गरेको खुलेको छ ।
जबरजस्ती करणी गरी फरार भएका उनलाई बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया