दार्चुला । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भीममदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका ६५ वर्षीय धनगिरी भुलको मंगलबार दिउँसो मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनको सु.प.प्र. ०२००१ क ४८८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




