दार्चुला । करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथको उपचारका क्रममा काठमाडौंको वर्न हस्पिटल किर्तिपुरमा बुधबार मृत्यु भएको हो ।
गएको भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइती भएकी कलावतीको लाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल किर्तिपुर लगिएको थियो ।
उनलाई घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर करेन्ट लागेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया