दार्चुला । बैतडीको पुर्चौडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ५ कुवाकोटका ४२ वर्षिय सुरेन्द्र कुँवर घरनजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बिहीबार बिहान मृत फेला परेका हुन् ।
कुँवरको मृत्युको कारण भने खुलेको छैन् । घटनास्थलमा प्रहरी खटिएको र घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया