शैल्यशिखर र मार्मामा निशेधाज्ञा, अपिहिमालमा लकडाउन

दार्चुला । दार्चुलामा पहिलो पटक बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा कोरोना पाइएपछि दुई स्थानीय तहमा निशेधाज्ञा जारि गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले शैल्यशिखर नगरपालिकामा र मार्मा गाउँपालिकामा आशिंक निषेधाज्ञा जारि गरेको हाे ।

अपि हिमाल गाउँपालिकामा समेत गाउँकार्यपालिका बैठकले निर्णय गरेर गाउँपालिकाभरी लकडाउन गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले जानकारी दिनुभयो । शुक्रबार डडेलधुरा अस्पतालमा भएको कोरोना परीक्षणमा मार्मा गाउँपालिकाको लटीनाथ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीले केही दिन अघि धनगढीबाट फर्किएर शैल्यशिखर नगरपालिका, मार्मा र अपि हिमाल गाउँपालिकाका तीन सय बढी बिरामीहरुको उपचार गरेका छन् ।संक्रमित स्वास्थ्यकर्मी स्वास्थ्य सेवा प्रदान गर्ने शिलशिलामा भाद्र १८ गते गोकुलेश्वर अस्पतालमा समेत गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

अस्पतालमा विरामी संग दैनिक सम्पर्कमा रहेका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार बेलुकी ६ः३० बजे देखि अर्काे आदेश नभएसम्मका लागि निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार क्षेत्र र गोकुलेश्वर बजारको पश्चिममा जगतपुरी धाम, उत्तरमा भोलिया इलाका प्रहरी कार्यालय मोड, दक्षिणमा चमेलीया नदीको पक्की पुल, पुर्वमा कठपते, गाजरी, धारीगाड खोलासम्म तथा वडा नं २ र ३ को कर्कले देखि उत्तर सुन्दरपुर सम्मको लुईटा र ओपस गाउँमा प्रशासनले निषेधाज्ञा जारि गरेको छ ।

मार्मा गाउँपालिकाको वडा नम्बर २ र ३ को लटिनाथ बजार, विटुले, भैसिबगड, चिउरानी, सिमार सेलविसा र वडा नं १को पारिबगड, वडा नं ४ को वडा कार्यालय र स्वास्थ्य चौकी आसपासको रेला क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

निशेधाज्ञा जारी गरिएको क्षेत्रमा अत्यावश्यक बाहेकका सम्पुर्ण किसिमका सेवा र कार्यहरु सञ्चालमा प्रशासनले रोक लगाएको छ ।

कोरोना पुष्टि भएका स्वास्थ्यकर्मीले अपि हिमाल गाउँपालिकाका २६ जना बिरामीको उपचार गरेको भेट्टिएपछि उनिहरुको पीसीआर रिर्पोट नआउदासम्म एक वडाबाट अर्को वडामा अति आवश्यक काम बाहेक आवत जावत बन्द गर्ने, चिकित्सकको सम्पर्कमा रहेका सबै सेवाग्राहिलाई होम आइसोलेसनमा राख्ने र भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्ने, नगराउने निर्णय गरिएको अपि हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

शुक्रबार एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसंगै दार्चुलामा कुल संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?