दार्चुला । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् । फाइनल खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो ।
सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीवारदेखि काठमाण्डौमा शुरु भएको थियो ।
प्रतियोगितामा आयोजक नेपालसहित ६ टोली पाकिस्तान, श्रीलङ्का, भारत, बङ्लादेश र माल्दिभ्स सहभागी थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया