दार्चुला । कञ्चनपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको महेन्द्रनगर भगतपुर बन्देबी टोल बस्ने अन्दाजी १८ वर्षीया हेमा खड्का शनिबार मृत अवस्थामा फेला परेकी हुन्। दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ धामी टोलकी खड्का कोठामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?