कैलालीमा साढे ३ किलो चरेससहित बझाङका गोरे धामी पक्राउ

दार्चुला । कैलालीमा साढे ३ किलो लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ४ बाट बझाङको बुङ्गल नगरपालिका–२ घर भई हाल कञ्चनपुरको कृष्णपुर बस्ने ३५ वर्षीय गोरे धामीलाई चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल जाँच गर्दा साढे ३ किलो चरेस फेला परेपछि उनलाई पक्राउ गरिएको बताउनुभयो ।

धामीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?