दार्चुला । चीनमा जारी १९ औं एसियाली खेलकुदको महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ६१–१७ ले पराजित भएको छ ।
योसँगै नेपाल कास्य पदकमा सीमित हुनु परेको छ भने भारत फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । पहिलो हाफमा भारत २९–१० ले अगाडि रहेको थियो ।
एसियाली खेलकुदमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया