बझाङका भूकम्प प्रभावितहरुले अझै राहत नपाएको गुनासो

दार्चुला । बझाङका भूकम्प प्रभावितहरुले राहत नपाएको गुनासो गरेका छन् ।

घर भत्किएपछि खुल्ला चौरमा रात काट्नु परेको उनीहरुको गुनासो छ । सहयोगको नाममा एउटा त्रिपालसम्म नपाएको उनीहरुको दुखेसो छ । खाने र बस्ने बाँसको अहिलेसम्म टुंगो लाग्न नसकेको उनीहरुको भनाई छ । भूकम्प प्रभावितहरुले सरकारी निकाय अझैसम्म नआएको गुनासो पनि गरेका छन् ।

विपतको बेला तत्काल उद्धार, प्रभावितको व्यवस्थापन राज्यले गर्न नसकेको भन्दै उनीहरुले सरकारसंग गाँस, बास र कपासको माग गरेकाछन् । भूकम्प पछि पटक–पटक गएको पराकम्पनले उनीहरुलाई त्रसित बनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गएराति चैनपुर आसपास मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्पन गएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?