दार्चुला । बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । दशरथचन्द नगरपालिका २ देहीमाण्डौंकी कंकुरादेवी भट्ट सर्पको टोकाइबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।
आज दिउँसो घाँस काटिरहेको बेला भट्टलाई सर्पले टोकेको बताइएको छ। घाइते भट्टको जिल्ला अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
बैतडीमा पछिल्लो समयमा सर्पदंशका घटना बढ्दै गएका छन् । यो बर्ष मात्रै सर्पको टोकाइबाट बैतडीमा चार जनाको ज्यान गइसकेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया