दार्चुला । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दोधाराचादनी नगरपालिका–६ मा शुक्रवार राति १० बजेको समयमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार म १ प २४६८ नम्बरको मोटरसाइकल र से २ प १४५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सोही ठाँउका २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्।
घाइतेको अहिले भारतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




