दार्चुला । सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । दिपायलको सेतीमा पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपक खड्काले जानकारी दिनु भएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पिपल्ला बस्ने ७ वर्षकी खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका हुन ।
बेपत्ता दुवैको खोजी कार्यका लागी सुरक्षाकर्मी तथा स्थानीयहरू खटिएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया