अफगानिस्तानमा भूकम्पमा १०० भन्दा धेरैको मृत्यु, उद्धार कार्य जारी

दार्चुला । अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ ।

स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर(पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् ।

कतिपय मिडियाहरुले भूकम्पमा परी ३०० भन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक गरिरहेका छन् । तर त्यसको पुष्टि हुन सकेको छैन ।

अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले १०० जनाको मृत्यु भएको पुष्टि गरेको अलजजिराले जनाएको छ ।एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?