बझाङमा पुनः ५.२ रेक्टरको भूकम्प

दार्चुला । बझाङमा गए राति पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर गए राति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पविद् डा. शिव सुवेदीले गए राति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिनुभयो ।

भूकम्पबाट भएको कुनै क्षतिको विवरण प्राप्त भएको छैन। बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसपछि बझाङमा बारम्बार पराकम्पहरू गइरहेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?