कञ्चनपुरमा बेवारिसे एक पुरुष मृर्त फेला

दार्चुला । कञ्चनपुरमाको महेन्द्रनगर बस पार्क क्षेत्रमा माग्दै हिडने एक बेवारिसे पुरुषको मृत्यु भएको छ । जिल्लाको महेन्द्रनगर बस पार्क क्षेत्रमा लामो समय देखि माग्दै हिड्ने मानसिक अवस्था ठिक नभएको नामथर वतन खुल्न नआएका अन्दाजि बर्ष ३०/३२ को एक पुरुषको शुक्रबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अलि कालो बर्णका, उचाई ५.२ भएको, सेतो गुलाबी कलरको धर्षा भएको सर्ट,भित्र कालो कलरको भेष्ट,खैरोमा कालो धर्सा भएको ट्रेक, कालो कपाल दारी पालेको,दाहिने हात अपाङ्ग भएको पुरषलाई अचेत अवस्थामा फेला पारी तत्काल उपचारका लागी महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा आज शुक्रबार दिउसो ३ बजे मृत्यु जनाएको छ ।

बेवारिसे उक्त लास हाल महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएकोले निजलाई पहिचान गरेर घर परिवार तथा आफन्तजन सम्म खबर पुर्याईदिन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?