धनगढीबाट दार्चुला आउँदै गरेको जीप बैतडीमा दुर्घटना

दार्चुला । धनगढीबाट दार्चुला आउँदै गरेको जीप बैतडीमा दुर्घटना भएको छ । पाटन नगरपालिका वडा नम्बर ६ हिरापूर नजिक धनगढीबाट दार्चुलाको मकरीगाड आउँदै गरेको म १ ज ३६० नम्बरको जीप आइतबार बिहान साढे ५ बजे दुर्घटना भएको हो ।

जीपमा सवार ४ जना यात्रुहरुलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइते हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिकाका पुर्व उपाध्यक्ष उर्मिला बोहरा, उहाँका श्रीमान करबिरसिंह बोहरा, शिक्षक ज्ञानेन्द्रसिंह कार्की र उहाँकै श्रीमतीलाई टाउकोमा चोट लागेको बताइएको छ ।

जीप ७ जना यात्रु बोकेर हिजो साझँ धनगढीबाट हिडेको थियो । सडक पेटीमा रोकिएका कारण दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?