दार्चुला । बैतडीको मेलौली नगरपालिकामा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको मेलौली भगवती मन्दिर नजिक म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तिन जना घाईते भएका हुन् ।
आज विहान करिब ८ः ३० बजेको समयमा मन्दिरको गेट निर्माणका लागी समान लैजादै गरेको ट्रयाक्टर दुर्घटनमा परेको बताइएको छ ।
घाईते हुनेमा चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीकै घोडाघोडी नगरपालिकाका भुवन सिंह थापा , र बैतडीको दागडाकेदार गाउँपालिका वडा नम्बर ५ का गगन सिंह कार्की रहेका छन ।
घाइते तिनै जनाको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया